वीरगन्ज :

मधेश विश्वविद्यालयका रजिष्ट्रार यादवको रासलीला काण्ड सार्वजनिक

श्रेणी : मधेस

8 months
Pradeep Sah
1.7kViews
1776 Shares

वीरगंज, २२ पुस – मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय यादव र विश्वविद्यालयमा काम गर्ने भनिएकी एक युवतीका अन्तरंग फोटो तथा भिडियोहरू सार्वजनिक भएका छन्। विवाहित रहेका यादवको अर्की युवतीसँगको अवैध सम्बन्धको रहस्य बाहिर आएपछि विश्वविद्यालयमा हलचल मच्चिएको छ।

सुरुदेखि नै विवादास्पद रहँदै आएको विश्वविद्यालयको रजिष्ट्रार कार्यालयमा यस्तो घटना सार्वजनिक भएपछि वीरगंजलगायत मधेश क्षेत्रमा व्यापक चर्चा चलिरहेको छ। रजिष्ट्रार यादव र ती युवती अंकमाल गरेको, विभिन्न पर्यटकीय स्थलमा डेटिङ गरेको फोटो बाहिरिएपछि विश्वविद्यालयको कामकारबाहीमाथि नै प्रश्नचिह्न खडा भएको छ।

विशेषगरी, विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यको निजी कलेज वीरगंज पब्लिक कलेजमा कार्यरत यादवलाई शाक्यकै सिफारिसमा रजिष्ट्रारमा नियुक्त गरिएको बताइन्छ। पर्साका उच्च राजनीतिक घरानासँग सम्बन्ध रहेको भनिएकी ती युवतीले यादवको श्रीमतीसँग सामाजिक सञ्जालमा च्याट गरेर धम्की दिएको प्रमाणसमेत बाहिरिएको छ।

च्याटमा ती युवतीले यादवसँग सम्बन्ध रहेको स्वीकार्दै, “तेरो श्रीमान् मेरो भइसकेको छ” भन्ने दाबी गरेकी छिन्। यसरी रजिष्ट्रार जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिको यस्तो क्रियाकलापले विश्वविद्यालयको प्रतिष्ठामाथि गम्भीर आँच पुगेको छ।

स्रोतका अनुसार ती युवतीको अन्य उच्च पदस्थ व्यक्ति र राजनीतिज्ञहरूसँग पनि अन्तरंग सम्बन्ध रहेको चर्चा छ। ती युवतीको जागिर विश्वविद्यालयमा पर्साका एक ठूला नेताको सिफारिसमा भएको र यादवको सहयोगमा उनी नियुक्त भएकी थिइन्। यस बिषयमा प्रतिक्रियाका लागि बिश्व बिद्यालयका उपकुलपती प्रो.डा. शाक्यलाई फोन गर्दा फोन काटी दिए र कुरा गर्न चाहेनन् ।

भ्रष्टाचार र डरको वातावरण
भिसी प्रा. डा. शाक्य र रजिष्ट्रार यादवको मिलेमतोमा विश्वविद्यालयका अन्य कर्मचारीहरूको नियुक्ति गरिएको आरोप छ। करारमा रहेका कर्मचारीहरू जागिर गुम्ने डरले मौन बसेका छन्। विश्वविद्यालयभित्र अनियमितता, भ्रष्टाचार, र अनुशासनहीनता मौलाएको भए पनि ती युवतीसँग जोडिएका सबै विषयमा प्रमुख अधिकारीहरूले आँखा चिम्लिएका छन्।

मधेश सरकार विवादमा तानियो
यसैबीच, तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको सरकारले शाक्यलाई भिसी र यादवलाई रजिष्ट्रार नियुक्त गरेको भए पनि दुवै जनाले मिलेर विश्वविद्यालयलाई भर्ती केन्द्र बनाएको आरोप लागेको छ।

जैसवाल थरकी ती युवती आफू पर्साका चर्चित नेताकी भतिजी भएको दाबी गर्दै आएकी छिन्। शिक्षा क्षेत्रको मर्यादा कायम राख्न वीरगंजबासीले दोषीमाथि कडा कारबाहीको माग गर्न थालेका छन्।

विश्वविद्यालयका उपकुलपति शाक्यमाथि यसअघि नै बाल संगठनको जग्गा अवैध तरिकाले लिजमा दिएको आरोप लगाइएको छ। यस्तै प्रेम काण्डले मधेश प्रदेश सरकारको प्रतिष्ठामाथि थप प्रश्न उठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *