वीरगन्ज :

मधेश प्रदेशमा यही सरकारलाई निरन्तरता दिँदै आलोपालोमा नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष यादव

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा यही सरकारलाई निरन्तरता दिँदै आलोपालोमा नेतृत्व परिवर्तन हुने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन अध्यक्ष यादवले पाँच दलीय गठबन्धनको सहमति अनुसार मधेशप्रदेशमा सरकार विस्तार हुने बताएका हुन् ।

अध्यक्ष यादवले जनमत पार्टी गठबन्धनमा रहेर गठबन्धनविरुद्ध नै लागेकाले उसलाई सरकार नराख्नेबारे गठबन्धन दलहरुबीच भएको सहमति अनुसार अघि बढ्ने बताए ।

अर्को प्रसंगमा उनले नेपाली नागरिकरलाई शरणार्थी बनाएर अमेरिका पठाउने कार्यले अमेरिकालाई खतरा होइन नेपालको संविधानमासमेत खतरा पुग्न सक्ने भएकाले उच्चस्तरीय छानबिन गरी दोषीहरुलाई कानून बमोजिम कारवाही हुनुपर्ने बताए ।

जसपा अध्यक्ष यादवले निजामति कर्मचारीऐन र प्रहरी समायोजन तत्कालै गर्नुपर्ने माग गर्दै राष्ट्रपति कार्यालयमा दुवै सदनबाट पारित भएको नागरिकता विधेयक तत्काल वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो र यसका लागि आफू प्रयासरत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *