वीरगन्ज :

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई दोस्रो पटक विश्वासको मत प्राप्त

श्रेणी : राजनीति

2 years
birgunj report
23Views
0 Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभामा मुख्यमन्त्री यादवले १ सय ३ मत पाएका छन् । यो मत मंगलबार प्रदेश सभामा उपस्थित सबै सांसदको संख्या हो ।

यसअघि पनि मुख्यमन्त्री यादवले १ सय २ मत शतप्रतिशत नै पाएका थिए । जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो दल कांग्रेस, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएका छन् ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित १० वटै दलले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक पर्थ्यो। मधेश प्रदेशमा १०७ जना प्रदेश सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *