
श्रेणी : मधेस
137Views
0
Shares
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
उनले भोजपुरी भाषामा शपथ लिएका छन् । उनीसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले शपथ लिएका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् । यादव ७२ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया