वीरगन्ज :

मधेश प्रदेशका मुख्यमन्त्री राउतद्वारा कांग्रेसका मन्त्री बर्खास्त

श्रेणी : BANNER

2 years
birgunj report
107Views
0 Shares

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

जसपाबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव,कांग्रेसबाट महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री वीरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई बर्खास्त गरेका हुन् । उनीहरु तीनै जना २०७८ जेठ अन्तिम साता मन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *