वीरगन्ज :

मधेश प्रदेशका दुई सदस्यलाई शपथमा रोक

श्रेणी : मधेस

2 years
birgunj report
7Views
0 Shares

जनकपुरधाम । मधेश प्रदेशको नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शुक्रबार शपथ ग्रहण गराएका हुन् ।

प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जनाले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेश प्रदेशका २ जना प्रदेशसभा सदस्यको शपथ ग्रहण रोकिएको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरु माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

५३ जनाले नेपाली भाषमा शपथ लिएका थिए भने ४९ जनाले विभिन्न मातृभाषामा शपथ लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *