वीरगन्ज :

मधेश केन्द्रित ८ दलको बैठक बस्दै

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.0kViews
1441 Shares

काठमाडौं,१७ माघ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आज दिउँसो २ बजे मधेश केन्द्रित आठ राजनीतिक दलको बैठक बस्दैछ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनका अनुसार बैठकमा मोर्चा निर्माणका लागि गठन गर्न लागिएको आठ सदस्यीय कार्यदलका सदस्यहरूको नाम टुंग्याइनेछ ।

यसअघि, मधेश केन्द्रित दलहरूले मोर्चा निर्माणको सहमति गर्दै आठ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका थिए। दलहरूले आजसम्म कार्यदलका सदस्यहरूको नाम प्रस्ताव गर्नुपर्ने समयसीमा तय गरिएको छ ।

बैठकमा मोर्चाको अवधारणा, एजेन्डा, र मोडलबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने नेताहरूले जनाएका छन्। मोर्चा बनाउन जुटेका दलहरूमा जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, र तराई मधेश लोकतान्त्रिक पार्टी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *