वीरगन्ज :

मधेशले मनायो नेपाल भ्यालुयर्स एसोसिएसनकाे १४ औँ स्थापना दिवस

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.5kViews
1603 Shares

वीरगन्ज, २४ माघ । नेपाल भ्यालुयर्स एसोसिएसन मधेश प्रदेशले आफ्नो १४ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। कार्यक्रमको अध्यक्षता मुन्ना कुमार सर्राफले गरेका थिए, जसमा भ्यालुयर्सहरूको भूमिका, पेशागत चुनौती र आगामी योजनाहरू बारे चर्चा भएको थियो ।

कार्यक्रमको उद्घाटन नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका अध्यक्ष गौरी पंडितले गरे। उनले भ्यालुयर्सहरूको मुलुकको वित्तीय प्रणालीमा गरेको महत्त्वपूर्ण योगदानको कदर गर्दै, व्यावसायिक विकास र नीतिगत सुधारका आवश्यकता रहेको बताए ।

पंडितले भने, “भ्यालुयर्सहरूले बैंक र वित्तीय संस्थाहरूलाई परिसम्पत्तिको मूल्याङ्कन गर्न मद्दत गरेका छन् र यसले वित्तीय स्थायित्वमा योगदान पुर्‍याएको छ। त्यसैले उनीहरूको पेशागत उन्नयनका लागि उपयुक्त नीतिहरू बनाउनु आवश्यक छ ।”

अध्यक्ष मुन्ना कुमार सर्राफले भ्यालुयर्स पेशामा आउने विभिन्न चुनौतीहरूको बारेमा कुरा गर्दै पेशागत मर्यादा र निष्पक्षता कायम राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भ्यालुयर्सहरूको पेशागत सुरक्षा र नीतिगत सुधारका लागि सरोकारवाला निकायहरूलाई सुझाव दिन निर्णय गरिएको थियो। कार्यक्रममा भ्यालुयर्स एसोसिएसन वीरगन्ज च्याप्टरका अध्यक्ष ई. राजेश चौरसिया, ई. बिनोद श्रेष्ठ लगायत अन्य नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *