वीरगन्ज :

मधेशमा माओवादी जागरण अभियान सञ्चालन गर्दै प्रचण्ड

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
2.0kViews
1682 Shares

जनकपुरधाम, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा माओवादी जागरण अभियान सञ्चालन गर्दै जनतालाई संगठित र परिचालित गर्न विशेष योजना रहेको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको रणनीति मधेश केन्द्रित भएको र हुलाकी मार्ग क्षेत्रमा एक महिनासम्म जागरण अभियान सञ्चालन गरिने जानकारी दिए। उक्त अभियानका क्रममा स्थानीय बासिन्दा, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गरिने उनले बताए।

“पार्टीको केन्द्रीय समितिको बैठकपछि मधेशका जनतामा सकारात्मक सन्देश प्रवाहित भएको छ। अब जनतालाई संगठित गर्दै जागरण अभियानमार्फत अगाडि बढ्नेछौं,” प्रचण्डले भने।

संसदीय विषयमा बोल्दै प्रचण्डले वर्तमान सरकार संविधान मिचेर गठन गरिएको आरोप लगाए। “दुई ठूला दल मिलेर सरकार बनाउने संवैधानिक व्यवस्था छैन। यो सरकार सुशासनका लागि होइन, विरोध रोक्न गठन गरिएको हो,” उनले भने।

प्रचण्डले राष्ट्रिय सभामा सरकारलाई बहुमत हाँसिल गर्न चुनौती रहेको र जनता समाजवादी पार्टीले अडान नछाडेमा अध्यादेशहरू पारित हुन नसक्ने अवस्था सिर्जना हुने चेतावनीसमेत दिए। भूमि सम्बन्धी अध्यादेशलाई विशेष रूपमा शंकास्पद बताउँदै उनले सरकारको नीतिमा गम्भीर त्रुटि रहेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *