वीरगन्ज :

मधेशमा नेपाली छोरीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.4kViews
1242 Shares

बीरगन्ज,२१ जेठ । मधेश प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालय र नेपाल स्किल डेभलपमेन्ट फर्मको सहकार्यमा नेपाली छोरीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ। यस महत्वपूर्ण कार्यक्रमको उद्घाटन मधेश प्रदेशका पूर्व भौतिक योजना तथा विकास मन्त्री तथा प्रदेशसभा सदस्य माननीय जितेन्द्र सोनलले गर्नुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै सोनलले महिलाहरूको शैक्षिक र व्यावसायिक सशक्तिकरणमा यस्ता पहलहरू ‘बर्दान’ सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले समाजमा लैङ्गिक समानता र समावेशिताको प्रवर्द्धनमा सरकार निरन्तर क्रियाशील रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता नेपाल स्किल डेभलपमेन्ट फर्मकी प्रमुख आरती कुमारी पटेलले गर्नुभएको थियो। उहाँले नेपाली छोरीहरूलाई समान अवसर र प्रेरणा दिने उद्देश्यले कक्षा सुरु गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा उच्च अदालत जनकपुरधामका अस्थायी इजलासका कर्मचारी अमर सुनुवार, नेता श्रीराम गिरी, जिल्ला अदालत पर्साका अधिकृत मदन बेलबासे, राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालयका कर्मचारी आलोक कुमार कर्ण, अप्लेश मिश्रा र बृजेश पटेल विशेष अतिथि रूपमा सहभागी थिए।

पर्सा, बारा, रौतहट, महोत्तरी र सप्तरी जिल्लाका छात्राहरूलाई लक्षित गरेर सञ्चालन गरिएको यो कक्षा लोकसेवा तयारी गरिरहेका युवतीहरूको लागि ठूलो अवसरको रूपमा हेरिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *