वीरगन्ज :

मधेशको संस्कृति झल्किने फिल्म ‘प्रतिवैरम्’ निर्माण हुँदै

श्रेणी : मधेस

19 hours
Pradeep Sah
2.1kViews
1168 Shares

जनकपुर,०४ जेठ । मधेशको मौलिक संस्कार, संस्कृति र जीवनशैलीलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्देशक रोशन दासले नयाँ फिल्म ‘प्रतिवैरम्’ निर्माण गर्ने घोषणा गर्नुभएको छ।

जनकपुरमा फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै दासले ‘प्रतिवैरम्’ मधेशको परम्परा, परिवारिक सम्बन्ध र समाजमा गहिरो प्रभाव पार्ने पर्व सामा–चकेवाको कथा समेटिएको बताउनुभयो। सामा–चकेवा भाइबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावको पर्व हो, जसलाई फिल्मको मूल कथासँग गाँसिएको छ।

“मधेशमा आधारित धेरै फिल्ममा यहाँको वास्तविकता, सौन्दर्य र पीडा पर्याप्तरूपमा देखिन्न,” निर्देशक दासले भन्नुभयो, “हामीले त्यस अभावलाई महसुस गर्दै सामाजिक र राजनीतिक विषयवस्तुलाई समेत फिल्ममा समेट्ने प्रयास गरेका छौं।”

‘प्रतिवैरम्’ पारिवारिक विषयवस्तुमा आधारित भए पनि यसले मधेशको राजनीतिक र सामाजिक यथार्थलाई समेत उजागर गर्ने लक्ष्य लिएको छ। दासका अनुसार यो फिल्म मधेशको इतिहास, संस्कार र वर्तमान परिवेशलाई नयाँ दृष्टिकोणसहित प्रस्तुत गर्नेछ।

फिल्ममा सम्राट दास मुख्य भूमिकामा देखिनेछन्, जसका लागि यो डेब्यु फिल्म हुनेछ। साथै, रमेश बुढाथोकी, नवीन श्रेष्ठ, अलिशा बास्कोटा, बिरेन्द्र कुशवाहा, सुप्रिया शर्मा र रोनी यादव पनि प्रमुख भूमिकामा रहनेछन्।

फिल्मको कथा निर्देशक रोशन दास स्वयंले लेख्नुभएको हो। सामाजिक र पारिवारिक वेब सिरिज ‘आरती’ तथा गीतिचलचित्र ‘आफ्नै स्वार्थ’, ‘आदत’, ‘रङ्ग कडा’ आदि निर्माण गरिसकेका दासको यो नयाँ परियोजना हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *