वीरगन्ज :

मधेशका नेताले संविधानको धारामा राजनीति गर्दै जनता अलमल्याए: प्रधानमन्त्री ओली

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.0kViews
1022 Shares

बीरगन्ज,१४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनतालाई अलमल्याएको आरोप लगाएका छन्। आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभामा सम्बोधन गर्दै ओलीले मधेशको विकासका लागि आफ्नो सरकार प्रतिवद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले मधेशका नेताहरूलाई संविधानका धारामात्र परिवर्तनको माग गरेर जनतालाई भ्रमित पार्ने काम गरेको आरोप लगाए। उनले भने, “मधेशका नेताहरूले ठूला गफ र संविधानको धारामा राजनीति मात्र गरेका छन्। तर, जनताको जीवनस्तर सुधार्न ठोस कदम उठाएका छैनन्।”

प्रधानमन्त्री ओलीले मधेशको जीवनस्तर उकास्न आफ्नै सरकारको पहलमा हुलाकी राजमार्गको निर्माण सम्पन्न भएको र अब १३ आधुनिक सहर निर्माण गर्ने योजना अघि बढाइएको जानकारी दिए।

उनले भने, “हुलाकी राजमार्गको धेरैजसो काम सम्पन्न भइसकेको छ। अवरोध भएका ठाउँमा पनि समाधान खोजिरहेका छौं। मधेशको भौतिक विकाससँगै यहाँका जनतालाई आधुनिक जीवनस्तर दिने हाम्रो उद्देश्य हो।”

प्रधानमन्त्री ओलीको भाषणले मधेशको विकास र समृद्धिको प्रतिबद्धता व्यक्त गरे पनि नेताहरूबीचको राजनीतिक आलोचनाले जनसभामा चर्चा बटुल्यो।

अध्यक्ष शर्मा ओलीले मिसन २०८४ को लक्ष्यमा नेकपा एमालेलाई देशको निर्णायक शक्ति बनाउने दाबी गर्नुभएको छ। पर्साको सखुवा प्रसौनीमा नेकपा एमाले पर्साद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उहाँले २०८४ सम्ममा नेकपा एमालेको एकल सरकार बनाउने लक्ष्य रहेको बताउनुभयो। यसका लागि नेता तथा कार्यकर्तालाई योजनाबद्ध रूपमा क्रियाशील बन्न निर्देशन दिनुभयो।

देशको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थालाई विगार्ने तत्वहरू सक्रिय रहेको चर्चा गर्दै, उहाँले यस्ता तत्वहरूविरुद्ध दृढतापूर्वक लड्न आवश्यक रहेको औँल्याउनुभयो। सम्बोधनको क्रममा अध्यक्ष ओलीले नेकपा एमालेको सरकारले गरेका उपलब्धिहरूको चर्चा गर्दै मधेशको विकासका लागि पार्टीको प्रतिवद्धता दोहोर्याउनुभयो।

उहाँले कृषि आधुनिकीकरण, व्यवसायीकरण, उद्योगहरू सञ्चालन, र वीरगंज चिनी कारखानाको पुनःसञ्चालनबारे गहन अध्ययन भइरहेको जानकारी दिनुभयो। नेपाली कांग्रेस र एमालेको अहिलेको सरकार कुनै गठबन्धन नभई समीकरणको रूपमा रहेको र यो संयुक्त सरकार भएको उहाँको भनाइ थियो।

मिसन ०८४ मा एमाले राष्ट्रीय निर्णाक शक्ति बन्ने

कार्यक्रममा मिसन २०८४ अन्तर्गत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन पर्सा जिल्लाको योगदानप्रति अध्यक्ष ओलीले आभार व्यक्त गर्नुभयो। नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई हतार नगरी व्यवस्थित रूपमा पार्टीमा प्रवेश गर्न र संगठित बन्न आग्रह गर्नुभयो।

“कसले के गर्यो भन्ने भन्दा पनि देश निर्माणको महान् अभियानमा अघि बढ्नुपर्छ,” अध्यक्ष ओलीले थप्नुभयो। कार्यक्रम नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वभर शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्री राजकुमार गुप्ता, सांसद प्रभु हजार, केन्द्रीय सदस्य एवं मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव, मधेश प्रदेशका खेलकुद तथा सामाजिक कल्याण मन्त्री प्रमोद जैसवाल, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाल लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न पार्टीहरू परित्याग गरी हजारौको संख्यामा नेता कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गरेका थिए। कार्यक्रमको सहजीकरण नेकपा एमाले पर्साका सचिव महेश दासले गर्नुभएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *