वीरगन्ज :

मधेशका तीन जिल्लामा १ सय १३ पसल अनुगमन, मापदण्डविपरीत सञ्चालित २५ पसललाई चेतावनी

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.8kViews
1850 Shares

वीरगन्ज,३० असार । औषधि व्यवस्था विभाग, पर्साको टोलीले गत असार २४ गतेदेखि २६ गतेसम्म मधेश प्रदेशका तीन जिल्ला (बारा, सर्लाही र महोत्तरी) मा गरेको औषधि पसल अनुगमनले डरलाग्दो अवस्था उजागर गरेको छ। विभागले कुल १ सय १३ वटा औषधि पसलको अनुगमन गर्दा त्यसमध्ये ८२ वटा पसलमा विभिन्न कैफियत भेटिएको जनाएको छ। कैफियतका कारण १३ वटा औषधि पसललाई बन्द गरिएको छ।

विभागका सूचना अधिकारी ओम जयसवालका अनुसार, अनुगमनका क्रममा १३ वटा पसल बिना दर्ता सञ्चालनमा रहेको, ८ वटा पसलमा विभागमा दर्ता नभएका औषधि बिक्री गरेको, र १२ वटा पसलमा व्यवसायी वा फार्मासिस्ट अनुपस्थित अवस्थामै सञ्चालन भएको पाइएको छ। त्यस्तै, ९ वटा पसलमा लागु तथा मनोद्विपक औषधिको रेकर्ड दुरुस्त नभएको र १५ वटा पसलमा अन्य प्रकारका कैफियत देखिएको छ। अनुगमन टोलीले यस्ता मापदण्डविपरीत सञ्चालनमा रहेका २५ वटा पसललाई सचेत गराएको छ।

जयसवालले अनुगमनका क्रममा आयुर्वेदिक पसलको दर्ता लिई एलोपेथिक औषधि बिक्री गरेको र अस्पतालमा निजी फार्मेसी सञ्चालन गरेको जस्ता मुख्य कमीकमजोरीहरू पनि फेला परेको बताए । विभागले मापदण्ड उल्लंघन गर्ने पसलका सञ्चालकहरूलाई चेतावनी दिँदै थप कारबाहीका लागि विभागमा उपस्थित हुन निर्देशन दिएको छ। अनुगमन टोलीका निरीक्षक अमर शर्मासहित अनुगमन टोलीमा रवि कुमार चौधरी र मिता कुमारीको समेत सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *