वीरगन्ज :

मधुबनीमा १५ बेडको अस्पताल बनाउने निर्णय

श्रेणी : मधेस

1 year
Pradeep Sah
15Views
0 Shares

वीरगंज (पर्सा), १८ मंसिर । पर्साको पकहाँ मैनपुर गाउँ कार्यपालिकाको आइतबार बसेकाे बैठकले बिभन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बसेको बैठकले योजनाको काम संचालन गर्ने, वडा नम्बर २ मधुबनीको कर्बाेला नजिककाे जग्गामा १५ बेडको अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीको ठाउँ सानो आकारको भएकोले अर्काे ठाउँमा सार्ने समेत निर्णय गरेकाे गाउँपालिकाका योजना शाखा प्रमुख सुधान्सु शेखर सोनीले बताए । बैठकले वडा नम्बर ३ मा रहेको श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरका विद्यार्थीहरुकाे अवलोकन भ्रमणका लागी रु ३ लाख २० हजार रकम दिने पनि निर्णय गरेकाे छ ।

गाउँपालिकाका जनप्रनिधीहरुलाई गाउँपालिकाको नियम अनुसार आवश्यक पर्ने ईन्धन दिने र कर्मचारी मध्ये शाखा प्रमुखहरुलाई मात्र ईन्धन दिने बैठकमा सहमती भएकाे छ । ईन्धनमा बढ्दो खर्चलाई कटौती गरी नियन्त्रण गर्न सबै जनाले साथ र सहयोग गर्ने समेत सहमती भएको प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरीले बताए ।

गाउँपालिकाकाे बारेमा धेरै झुठ र अफवाहरु फैलाउने काम भइरहेकाे निष्कर्ष निकाल्दै त्यसकाे पछि नलाग्न गाउँपालिकाबासीमा बैठकले आग्रह समेत गरेको छ । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *