वीरगन्ज :

मदिरा सेवन गरी पत्रकारमाथि दुर्व्यवहार गर्ने जनस्वास्थ्य निरीक्षकमाथि कारबाहीको माग

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
1.7kViews
1072 Shares

बीरगन्ज,२२ असार । पर्सा जनस्वास्थ्य कार्यालयका संयोजक जयमोद ठाकुरले मदिरा सेवन गरेर पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्लास्वास्थ्य कार्यालय पर्साले क्लासिक बंक्वेटमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मदिरा सेवनकै अवस्थामा आएका ठाकुरले पत्रकारहरूसँग अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए।

चलचित्र पत्रकार संघले त्यही स्थानमा आयोजना गरेको चलचित्र पोस्टर सार्वजनिक कार्यक्रममा सहभागी भएका पत्रकारहरूसँग ठाकुरले बाहिरै आएर गालीगलौज गरेका थिए। पत्रकारहरूले ‘मदिरा सेवन गरेर आएको हो?’ भनेर सोध्नेबित्तिकै ठाकुर कार्यक्रमस्थल छोडेर भागेका थिए।

पत्रकारहरूले सरकारी कर्मचारी, त्यसमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति डिउटीमै मदिरा सेवन गरेर दुर्व्यवहार गर्नु अत्यन्त निन्दनीय भएको भन्दै उनलाई नियन्त्रणमा लिएर मापसे परीक्षण गर्न माग गरेका छन्। उनी भागेपछि कार्यक्रममा सहभागी केही स्वास्थ्यकर्मीहरूले समेत पत्रकारमाथि आक्रमणको प्रयास गरेको पत्रकारहरूले बताएका छन्।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा आयोजित अभिमुखीकरण कार्यक्रममा नै स्वास्थ्य निरीक्षक मदिरा सेवन गरेर उपस्थित हुनु गम्भीर प्रश्न उठाएको सहभागीहरूले बताएका छन्। ठाकुर आफूलाई पत्रकार र सूचनाको हकका अभियन्ता भएको भन्दै शक्तिको दम्भ देखाउने गरेको आरोप समेत स्थानीयहरूले लगाएका छन्।

घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी गराइसकिएको र ठाकुरलाई नियन्त्रणमा लिएर मापसे परीक्षण गरिने प्रशासनले आश्वासन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *