वीरगन्ज :

मकवानपुर–२ मा खतिवडाको विरासत तोड्ने दाउमा बर्तौला

श्रेणी : समाचार

3 years
birgunj report
27Views
0 Shares

मकवानपुर । मकवानपुरको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फ नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव विरोध खतिवडा र एमालेका तर्फबाट मेहश बर्तौलाबीच दुई पक्षीय प्रतिस्पर्धामा हुने देखिएको छ ।

यसैगरी, राप्रपाकातर्फबाट राजन मैनाली, कांग्रेस (बिपी) का भरत पराजुली, नेपाल मजदुर किसान पार्टीका तर्फबाट रत्नप्रसाद प्रजापति मतदाता समक्ष पुगिरहेका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडा तत्कालीन एमालेकातर्फबाट विसं २०४८, २०५१, २०५६ र २०७४ मा गरी चार पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् ।

उनी एक वर्षअघि समाजवादीका तर्फबाट जनसङ्ख्यामन्त्री समेत भइसकेका छन् । खतिवडा जीतलाई निरन्तरता दिने दाउमा छन् । सत्ता गठबन्धनको साथ रहेकाले जीत सुनिश्चित रहेको उनी बताउँदै आएका छन् ।

बर्तौला भने खतिवडाको विरासत तोडर जीत निकाल्ने प्रयासमा छन् । उम्मेदवारले घरदैलोमा पुगेर मतदातालाई आगामी दिनमा दुर्गम भेगका मतदातालाई पिउने पानी, स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको अवसर दिलाउने, कृषि उत्पादनलाई बजारसम्म पुर्याउनेजस्ता प्रतिबद्धता जनाएका छन् ।

यस क्षेत्रमामा एक लाख ५० हजार पाँच सय ७८ जना मतदाता रहेका छन् । जसमध्ये पुरुषतर्फ ७८ हजार पाँच सय ९८, महिलातर्फ ७१ हजार नौ सय ७९ र तेस्रोलिङ्गी एकजना रहेका बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

यस क्षेत्रमा थाहा नगरपालिका, मनहरी, भीमफेदी, कैलाश, राक्सिराङ, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकाको आधा भाग र हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *