वीरगन्ज :

मकवानपुरमा २१२ केजी गाँजा बरामद

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.0kViews
1475 Shares

मकवानपुर,१६ भदाै । मकवानपुर प्रहरीले सोमबार बिहान हेटौँडा उपमहानगरपालिका–३, च्यानडाँडास्थित जंगलबाट २१२ केजी ८६० ग्राम गाँजा बरामद गरेको छ।

स्थानीयवासीको सूचनाका आधारमा बसामाडी लेवटबाट प्रहरी टोली जंगलमा बसेको थियो। गाँजा बोकेर आएका तस्करहरूले प्रहरी देख्नासाथ जंगलमै पोका छाडेर भागेका थिए। प्रहरीले फरार तस्करहरूको खोजी गरिरहेको छ।

बरामद गाँजा १४ वटा पोका प्लास्टिकमा प्याक गरेर ल्याइएको थियो र ७–८ जनाले बोकेर जंगलमा ल्याएका थिए, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *