श्रेणी : अपराध
हेटौंडा,०१ असोज । मकवानपुर प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै एक कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ।
त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–२, भैँसे चेकपोष्टमा बा २ ख ३२१९ नम्बरको भाडाको कन्टेनर जाँच गर्दा १२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको १५७ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय भीमफेदी र प्रहरी चौकी भैँसेबाट खटिएको संयुक्त टोलीले कन्टेनरको पछाडिको डिब्बामा लुकाइएका अवस्थामा गाँजा बरामद गरेको हो।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का ४१ वर्षीय चालक वीरबहादुर तामाङलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
    
    
    
									
									
        
        
प्रतिक्रिया