
श्रेणी : अपराध
मकवानपुर,१७ असार । मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट १०७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङको टोलीले सोमबार विशेष सूचनाको आधारमा गरेको अपरेशनमा ५४ बोरामा राखिएको उक्त परिमाणको गाँजा फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्। प्रहरीले उनीहरूलाई घर तलासीका क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो।
यस्तै, सोही स्थानका गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोले भने घटना लगत्तै फरार भएका छन्। प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको जनाएको छ।
गाँजा ओसारपसार र भण्डारणमा संलग्न समूहको विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया