वीरगन्ज :

मकवानपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
1.6kViews
1298 Shares

मकवानपुर,१० माघ । भरुवा बन्दुकसहित मकवानपुर प्रहरीले ५२ वर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीको टोलीले मनहरी गाउँपालिका–९ हरियाली सामुदायिक वन क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।

थिङले बिना अनुमतिपत्र भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। साथमा फलामका गोलाकार बेरिङ १३ थान, लामो फलामे वस्तु ३३ थान, ३०५ ग्राम बारुदजस्तो पाउडर, ढुङ्गाजस्तो वस्तु २४ थान, र एउटा खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार थिङमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ।

प्रहरीले भरुवा बन्दुक र बरामद सामग्रीहरूको स्रोत र उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *