वीरगन्ज :

मकवानपुरमा चोरी भएको ट्रक फेला, एक जना पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.7kViews
1746 Shares

हेटौंडा,२६ जेठ । मकवानपुरमा केही दिनअघि चोरीमा परेको ट्रक प्रहरीले फेला पारी सवारीधनीलाई बुझाएको छ। ट्रक चोरीमा संलग्न रहेको आशंकामा एक युवक पक्राउ परेका छन्।

हेटौंडा उपमहानगरपालिका–४ का गणेश बरुवालको नाममा दर्ता भएको ना ६ ख ८५५ नम्बरको ट्रक जेठ १३ गते हराएको थियो। बरुवालले ट्रक पार्किङ गरी राखेको स्थानबाट हराएको भनी प्रहरीमा उजुरी दिएका थिए। उजुरी पश्चात् प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो।

सोही दिन राति हेटौंडा–३ स्थित बसामाडी क्षेत्रमा प्रहरीले उक्त ट्रक फेला पारेको थियो। विस्तृत अनुसन्धानपश्चात् आज ट्रक धनी बरुवाललाई बोलाई सनाखत गराई ट्रक फिर्ता दिइएको मकवानपुर प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न भएको आशंकामा मकवानपुरगढी गाउँपालिका–१ निवासी २७ वर्षीय तिर्थमान भोलनलाई पक्राउ गरिएको छ। हाल भोलनमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *