वीरगन्ज :

मकवानपुरमा चट्याङबाट ६ वर्षीया बालिकाको मृत्यु , चार घाइते

श्रेणी : प्रदेश

5 days
Pradeep Sah
2.3kViews
1658 Shares

हेटौंडा,१४ असार । मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शुक्रवार बेलुकी परेको हावाहुरीसँगैको चट्याङले स्थानीय जनजीवन प्रभावित बनाएको हो।

राक्सिराङ–८ माईसिराङकी ६ वर्षीया एनिका चेपाङको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आमा २५ वर्षीया रविना चेपाङसँगै घरमै बसिरहेको बेला चट्याङ लागेको हो।

घाइते आमा–छोरीलाई तत्कालै मनहरीस्थित अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा एनिकाको निधन भएको र रविना चेपाङको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिए।

यसै दिन राक्सिराङ गाउँपालिका–९ चोराङमा पनि चट्याङ लागेर तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्तरमै उपचार भइरहेको स्थानीय बासिन्दा हरी चेपाङले जानकारी दिए।

मकवानपुरमा चालु आर्थिक वर्षको ११ महिनामा मात्र ५ जनाको ज्यान चट्याङले लिइसकेको छ भने २२ जना घाइते भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *