मकवानपुर,०६ चैत । मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडा–८, ओमनगर टोलस्थित रनिश थापाको घरमा लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार विशेष सूचनाका आधारमा ३७ वर्षीय रनिश थापा, हेटौंडा–१५ का ३२ वर्षीय धनसिं वाईवा र हेटौंडा–८ का ३५ वर्षीय सुनिल खड्गीलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा लागूऔष्ध खैरोहेरोईन २ ग्राम २९० मिलिग्राम फेला पारेको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ ।
मकवानपुरल प्रहरीले मंगलबारै हेटौंडा–१० न्युरेनीस्थित हुमबहादुर थापा मगरको घरबाट लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरी टोलीले ४३ वर्षीय हुमबहादुर थापा मगर, हेटौंडा–२, चौकीटोलका २४ वर्षीय बिजय आलेमगर र १८ वर्षीय रविन सुनारलाई प्रहरीले खानतलासी लुकाएर राखेको १ ग्राम ४३० मिलिग्राम खैरोहे रोइन फेला परेको जनाएको छ । उनीहरु प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया