वीरगन्ज :

मकवानपुरमा खुर्पा प्रहारबाट एक व्यक्तिको मृत्यु

श्रेणी : अपराध

2 days
Pradeep Sah
2.9kViews
1273 Shares

हेटौंडा,१४ असार । मकवानपुरको बागमती गाउँपालिकामा आज बिहान भएको खुर्पा आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ। बिहान करिब ५ बजे बेतिनीमा भएको घटनामा ५७ वर्षीय रामबहादुर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।

प्रहरीका अनुसार, वाइबामाथि बारा जिल्ला, निजगढ नगरपालिका–३ सिंगोलका ३५ वर्षीय कुमार थापाले धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। थापा बेतिनीस्थित स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।

गम्भीर रूपमा घाइते वाइबालाई तत्काल बेतिनी स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍याइएको थियो। तर, उपचारको क्रममा बिहान करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक वाइबाको शव हाल पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

घटनापछि थापा खुर्पा हातमै लिएर गाउँमा आतंक फैलाउँदै हिँडेको र “कोही नजिक आए मारेछु” भन्ने धम्की दिएको स्थानीयले बताएका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको नेतृत्वमा खटिएको टोलीले थापालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *