![](https://birgunjreport.com/wp-content/uploads/2024/12/dead-body.webp)
श्रेणी : प्रदेश
काठमाडौँ,१३ पुस । मकवानपुरको थाहा नगरपालिका–१० स्थित न्हुलगाउँमा कुटपिटबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ५३ वर्षीय हिराकाजी गोपालीको काठमाडौँको मित्रपार्कस्थित दिर्घायु अस्पतालमा मृत्यु भएको हो ।
पुस ८ मा राति घर नजिकै आगो तापिरहेको अवस्थामा जयराम गोपाीलीले उनलाई ढुंगा र चिर्पट प्रहार गरेका हुन् । हत्यामा संलग्न जयराम गोपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए ।
हिराकाजीको शुक्रवार मध्यान्ह मृत्यु भएको हो । आरोपीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गरिरहेको थियो । पीडितको मृत्युभएसँगै सो मुद्दा ज्यानसम्बन्धी कसुरमा रुपान्तरण गरिने डीएसपी अर्यालले जानकारी दिए ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया