वीरगन्ज :

मकवानपुरबाट बलात्कार आरोपमा एक जना पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.8kViews
1394 Shares

मकवानपुर,१८ फागुन । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति बागमती गाउँपालिका–२ का ३७ वर्षीय निर बहादुर पाख्रिन रहेको प्रहरीले जनाएको छ। उनलाई शनिबार दिउँसो इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाका कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *