वीरगन्ज :

मंसिर ४ मा चितवनका जनताले गरेको गल्ती उपचुनावमा सच्याउनुपर्छः सचिव भट्टराई

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

भरतपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा मंसिरको जस्तो परीणाम आए, फेरि उपनिर्वाचन हुनसक्ने बताएका छन् । आइतबार प्रेस चौतरीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको र उनले जिते फेरि उपचुनाव हुनसक्ने बताएका हुन् ।

उनले लामिछानेले जानाजान कानुन ढाँटेकाले यस्तो अवस्था आएको बताए । उनले भने,’अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन । जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’

सचिव भट्टराईले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपील गरे । र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *