वीरगन्ज :

मंसिर ४ को निर्वाचनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब फिर्ता हुने बताएका छन् ।

गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको बताए ।

उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए । नेपाल सरकारबाट निर्वाचनका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म ६ अर्ब ५० करोड ४६ लाख खर्च भएको आयोगले जनाएको छ ।

हालसम्म भएको खर्चमा आयोगतर्फ १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ रहेको छ । यस्तै, जिल्ला निर्वाचन कार्यालयतर्फ ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन कार्यालयतर्फ ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालयतर्फ ११ करोड ७५ लाख रुपैयाँ रहेको आयोगले जनाएको छ ।

उनले आगामी प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका कर्मचारीलाई पायकपर्ने स्थानबाट मतदानको अधिकार दिलाउने गरी अस्थायी मतदाता परिचयपत्र उपलब्ध गराउने गरी कानुन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्युतीय मतदान प्रणाली लागू गराउने विषयलाई पनि कानुनमै उल्लेख गर्नुपर्नेमा जोड दिए । उनले बदर मतका प्रकृति र अवस्थाको अध्ययन गरेर आगामी दिनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *