वीरगन्ज :

भ्रष्टाचार विरुद्ध जनमत पार्टीको विरोध प्रदर्शन

भ्रष्टाचार विरुद्ध जनमत पार्टीको विरोध प्रदर्शन

श्रेणी : BANNER

2 years
Pradeep Sah
35Views
0 Shares

वीरगंज (पर्सा), २ जेठ । नक्कली शरणार्थी काण्ड लगायत भ्रष्टाचार काण्डहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

‘भ्रष्टाचार विरुद्ध जनमत पार्टीको खबरदारी, भ्रष्टाचार विरुद्ध सम्पूणर् नेपाली एक हौं’ भन्ने नारा सहित आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गरेका हुन् ।
‘सानालाई ऐन, ठूलालाई चैन हुनु हँुदैन’, ‘साइकल काण्डमो निष्पक्ष छानविन गर’, ‘भ्रष्टाचार अन्त्य गरौ’ लगायतको नारायुक्त प्लेकार्ड बोकी गरिएको विरोध प्रदर्शन कार्यक्रममा सहभागी वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनु पर्ने, मधेस सरकारको साईकल घोटाला काण्ड, छोरी बीमा कार्यक्रम, पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रष्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रष्टाचारीहरुलाई कडा कार्वाही गरि सबै सम्पत्ति जफत गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पार्टीका नेताहरु केन्द्रिय सदस्य डा. अजय यादव, जिल्ला सह- इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार, महिला जिल्ला संयोजक अन्जना गुप्ता, जिल्ला सचिव रेखा यादव, नेताहरू सिए अजय चौरसिया, श्याम गुप्ता, सुजित चौरसिया, श्याम शंकर चौरसिया, राजेश चौरसिया, नजमा खातुन, बिराजु यादव, राम नरेश पटेल, संजय बर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका नेताहरु केन्द्रिय सदस्य डा. अजय यादव, जिल्ला सह- इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार, महिला जिल्ला संयोजक अन्जना गुप्ता, जिल्ला सचिव रेखा यादव, नेताहरू सिए अजय चौरसिया, श्याम गुप्ता, सुजित चौरसिया, श्याम शंकर चौरसिया, राजेश चौरसिया, नजमा खातुन, बिराजु यादव, राम नरेश पटेल, संजय बर्मा लगायतको उपस्थिति रहेको थियो । वीरेगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *