
श्रेणी : BANNER
काठमाडौं,१५ माघ । नेकपा एकीकृत समाजवादीले सत्तारूढ गठबन्धनलाई अराजनीतिक साँठगाँठको उपज भन्दै तीव्र आलोचना गरेको छ। पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि-४०) मा वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गर्दै भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ।
अपानिमा भनिएको छ, “सत्ता गठबन्धनको अयोग्यताका कारण आम असन्तुष्टि बढ्दै गएको छ। सरकार संसदलाई छलेर निरंकुशतामा अघि बढेको छ।”
सरकारले जारी गरेका अध्यादेशहरूले जनविरोधी नीति ल्याएको भन्दै दलाल व्यापारी र भूमाफियाको हितमा काम गरेको आरोपसमेत लगाइएको छ। अपानिमा भनिएको छ, “महँगी नियन्त्रण गर्नुको साटो व्यापारीलाई आफुखुसी मूल्य निर्धारणको छुट दिने र भूमाफियालाई जमिन प्लटिङको सुविधा दिने अध्यादेशहरू ल्याएर सरकार जनताको हितविपरीत अघि बढेको छ।”
पार्टीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न असफल भएको र जनतामा चरम निराशा उत्पन्न भएको बताएको छ।
प्रतिपक्षी दलहरू एकजुट भई सरकारका गलत कार्यको विरोधमा साझा धारणा सार्वजनिक गर्दै आएको पनि अपानिमा उल्लेख छ।


प्रतिक्रिया