
श्रेणी : BANNER
काठमाडौं । राष्ट्रिय सभाका सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय प्रस्तुत गरेका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय पेस गरेका हुन् ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि नेक्सस् तोड्नुपर्ने बताए । उनले भने, यसमा केही राजनीतिज्ञ, केही उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्नुपर्छ । यसका लागि अनुसन्धान निकायले उनीहरुमाथि निरन्तर निगरानी राख्दै अनुसन्धान गर्नुपर्छ ।’
सांसद देवले लामो समय र बारम्बार एउटै व्यक्तिलाई शक्ति केन्द्रमा राख्न नहुने बताए । एउटै व्यक्तिलाई बारम्बार शक्ति केन्द्रमा नराख्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताए ।
उनले नेपाल प्रहरी तथा अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पार्न नहुने बताए । एसियामै अनुन्धानमा अब्बल सावित भएको नेपाल प्रहरी र अन्य अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पर्न दिन नहुने भन्दै उनले यसले पनि भ्रष्टाचार नियन्त्रणमा सफलता दिने दाबी गरे । भ्रष्टाचार नियन्त्रणका लागि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना र नियुक्ति प्रक्रिया बदल्नुपर्ने बताए ।

प्रतिक्रिया