वीरगन्ज :

भ्रष्टाचारविरुद्ध वडाध्यक्ष यादवको आमरण अनसन पाँचौँ दिनमा प्रवेश

श्रेणी : अर्थ

2 months
Pradeep Sah
3.0kViews
1823 Shares

रौतहट,०८ भदाै । रौतहटको यमुनामाई गाउँपालिका–२ का वडाध्यक्ष सीताराम यादवले भ्रष्टाचार र अनियमितताको विरोधमा सुरु गरेको आमरण अनसन पाँचौँ दिनसम्म जारी छ। बुधबारदेखि गाउँपालिका कार्यालय अगाडि अनसन बसेका यादवको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई सलाइन पानी दिइन थालेको छ।

यादवले १३ बुँदे माग सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मका गाउँसभाका निर्णय, कार्यपालिका बैठकका माइनुट, बजेट योजनासम्बन्धी कागजात, बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन्। साथै, कर्मचारी नियुक्तिसम्बन्धी कागजात समेत मागपत्रमा समावेश छ।

अनसनकारी यादवले गाउँपालिकामा अनलाइन टेन्डर, बैठक र बिडिङ प्रणाली तत्काल लागू गर्न, सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा सञ्चालन गर्न, स्वास्थ्य बीमा सबैमा विस्तार गर्न, कृषि विद्युतीकरण, निःशुल्क घरबत्ती, गाउँपालिका स्तरीय अस्पताल स्थापना, सामाजिक सुरक्षा भत्ता घरघरमा पुगोस् भन्ने माग राखेका छन्।

त्यसैगरी, गाउँपालिकाको ९औं गाउँसभा अवैध ढंगले सञ्चालन भएको भन्दै त्यसलाई खारेज गरी विधिवत् पुनः आयोजना गर्नुपर्ने, जिन्सी सामान, इन्धन खर्च र जेसिबीको आम्दानीसम्बन्धी विवरण सार्वजनिक गर्नुपर्ने, स्थानीय तहका पदाधिकारीले पाएको सुविधा कानुनअनुसार खुलाउनुपर्ने माग समेत राखिएका छन्।

यादवले चेतावनी दिँदै भनेका छन्, “माग पूरा नभएसम्म अनसन जारी रहनेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *