वीरगन्ज :

भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासन कायम गर्न सकिन्नः गृहमन्त्री श्रेष्ठ

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

ललितपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताएका छन् ।

लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले यस सन्दर्भमा जस्तोसुकै समस्याको समाधान गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने ठाउँमा पुग्ने बताए ।

उनले भने, “राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाहा छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।”

कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापन गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको सरकार सुशासनलाई स्थापित गर्न, समृद्धिको यात्रालाई तीव्र बनाउन र सामाजिक न्याय स्थापित गर्न दृढ रुपमा लागि परेको उनले बताए ।

स्व जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्नका लागि सरकारका तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा गम्भीर पहलकदमी थाल्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *