वीरगन्ज :

भ्रष्टाचारका मुद्दा छिटो किनारा लगाउन राष्ट्रपति पौडेलको आग्रह

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.5kViews
1484 Shares

काठमाडौं, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दाहरू लामो समयसम्म किनारा नलागेकोप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई ती मुद्दाहरूलाई छिटो टुंगोमा पु¥याउन आग्रह गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ठूला खरिद प्रक्रियामा हुने भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भ्रष्टाचार मुक्त समाज निर्माणमा सरकार र आयोगले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्कालाई सम्मान गरे। त्यस्तै, नापी अधिकृत रुबिना शाहीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित गरियो ।

कार्यक्रममा विभिन्न पत्रकार र लेखकलाई कदरपत्रसहित सम्मान गर्दै राष्ट्रपति पौडेलले सुशासन प्रवर्द्धन र पारदर्शी समाज निर्माणमा आयोगले थप उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *