वीरगन्ज :

भ्रष्टहरूको धम्कीबाट डराउँदैनौंः उपप्रधानमन्त्री श्रेष्ठ

श्रेणी : BANNER

2 years
birgunj report
32Views
0 Shares

गोरखा । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।

शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ’भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दै गृहमन्त्रीले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताएका हुन् । उनले अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।

उनले भने, ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ। जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *