वीरगन्ज :

‘भ्रष्टको कमान्डर होइन, शोषितको सिपाही हुन गर्व छ’ : अध्यक्ष प्रभु साह

श्रेणी : मधेस

3 months
Pradeep Sah
3.0kViews
1091 Shares

काठमाडाैं,३१ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफूलाई “भ्रष्ट शासकहरूको कमान्डर” हैन, “शोषित र आवाजविहीन जनताको सिपाही” कहलिनुमा गर्व लाग्ने बताएका छन्।

शनिबार काठमाडौँको कोटेश्वरमा आयोजित आजपा निकट आम सम्पर्क मञ्च केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले जनताको अधिकार सुनिश्चित गर्ने संकल्पसहित आजपा गठन गरिएको स्पष्ट पारे।

“विगतमा म सत्तासीन शक्तिशाली पार्टीमा थिएँ, तर त्यहाँ जनताको मुद्दा गम्भीरतापूर्वक उठाइएन,” उनले भने, “त्यसैले हामीले नयाँ यात्राको थालनी गर्‍यौं जहाँ शोषित र वञ्चित जनताको पक्षमा लडाइँ हुनेछ।”

साहले प्रमुख दलहरू काँग्रेस र कम्युनिष्टहरूले दशकमै जनतालाई धोका दिँदै आएको आरोप लगाए। उनले ‘लुटेरा वर्ग’को कब्जामा रहेको वर्तमान सत्ता प्रणालीलाई चुनौती दिँदै आम जनताको शासन व्यवस्था स्थापनाको संघर्षमा आफू निरन्तर रहने अठोट दोहोर्‍याए।

“करमाथि कर, जनतालाई मात्र करको बोझ, र शीर्षमा लुट यस्तो व्यवस्था संसारमा कतै छैन,” साहले सरकारप्रतिको आक्रोश पोखे, “नेपालमा तीन तहको सरकारको नाममा भ्रष्टाचार संस्थागत गरिएको छ।”

कार्यक्रममा विभिन्न पार्टी र संगठन त्याग गर्दै युवाहरू आजपामा प्रवेश गरेका थिए। अध्यक्ष साहले नयाँ प्रवेशकर्तालाई अविर र खादा लगाएर स्वागत गरेका थिए। नयाँ सदस्यहरूमा सप्तरीका इन्जिनियर राधेश्याम मण्डल, प्रमेश्वर साह, रौतहटका हार्दिक साह, रमेशकुमार साह, सत्येन्द्र साह, विपुलेन्द्र सहनी, रोशन सहनी, सर्लाहीका विरेन्द्र साह, रामपृत राय यादव, र पर्साका ओमप्रकाश साहलगायत रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *