वीरगन्ज :

भ्यालेन्टाइन डे मनाउन गएकी बालिकाको प्रेमीले गरे बलात्कार

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.2kViews
1716 Shares

वीरगंज । सरस्वती पूजाको दिन भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकालाई उनका प्रेमीले बलात्कार गरेको घटना बाहिरिएको छ ।

बुधवार घरबाट सरस्वती पूजा भन्दै भ्यालेन्टाइन डे मनाउन प्रेमीसँग निस्केकी १५ बर्षिय बालिकालाई सिराहाकाे सुखिपुर नगरपालिका–२ का १८ वर्षीय निकेश कुमार यादवले बलात्कार गरेकाे पिडितका परिवारले इलाका प्रहरी कार्यालय लहानमा उजरी दिएका छन् ।

घटनाको जानकारी हुनासाथ आरोपित याद‍वलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले जानकारी दिए ।

बालिका रक्ताम्मे अवस्थामा होटेलमै अचेत देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित प्रादेशिक अस्पतालमा गरि थप उपचार बिराटनगर स्थित नोबेल अस्पतालमा भइरहेको छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *