
श्रेणी : मधेस
वीरगंज । नेपाल भ्यालुयर्स एशोसिएसन वीरगंज च्याप्टरको दोस्रो साधारण सभा साेमबार सम्पन्न भएको छ । वीरगंजस्थित होटल वृन्दावनमा भएकाे साधारण सभाले राजेश कुमार चाैरसियाकाे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकाे छ ।
नवगठित समितिकाे बरिष्ठ उपाध्यक्षमा विनाेद श्रेष्ठ, उपाध्यक्षमा आत्मा राम, सचिवमा गाैरव कुमार सर्राफ, सह सचिवमा बिरेन्द्र माली, काेषाध्यक्षमा जितेन्द्र गुप्ता, सदस्यमा रामनरेश यादव, प्रदिप कुमार चाैरसिया, राजेश यादव, लक्ष्मण ढकाल, कृष्ण कुमार राय, चन्द्रशेखर पंडित चयन भएका छन् ।
एशोसिएन वीरगंज च्यापटरका कार्यवाहक अध्यक्ष ई.बद्रि प्रसाद झाको अध्यक्षतामा भएकाे साधारण सभाकाे उद्घाटन नेपाल भ्यालुयर्स एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष ई.ऋषी कोइरालाले गरेका थिए ।
भेलालाई सम्बाेधन गर्दै अध्यक्ष काेइरालाले नेपालमा धित्तो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित, मुल्यांकन पेशालाई चुस्त, गुणस्तरीय, व्यवसायिक, मर्यादित, स्वतन्त्र, निष्पक्ष बनाउन आवश्यक रहेको बताए ।
उनले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि नेपाल भ्यालुयर्स एशोसिएसनका कार्यविधी तथा कार्यक्षेत्रमा कानुनी नियमावलीमा रही कार्य गर्न नियमावली बनाउन आवश्यक रहेको वताए ।
नेपाल भयालुयर्स एशोसिएसन नेपालमा धितो मुल्यांकन क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बानाउनको लागि र एशोसिएनका सदस्यहरुलाई थप प्रभावकारी बनाउनको लागि २०६८ सालमा छाता संगठन भएको थियो ।
यस्तै केन्द्रमा स्थापना भएपछि वीरगंजमा पनि २०७७ सालमा इन्जिनियर मुन्ना कुमार सार्फको अध्यक्षतामा स्थापना गरिएको थियो । यस्तै मधेश प्रदेशको जनकपुरमा पनि २०८१ सालमा एशाेसियसन स्थापना गरिएको थियो ।

प्रतिक्रिया