
श्रेणी : अपराध
वीरगन्ज,१३ चैत । पर्सा प्रहरीले लागूऔषध गाँजा र अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ६ भौराटारका ३३ वर्षिय अमेरिका प्रसाद साह गोढ रहेका छन् ।
प्रहरीले उनलाई गाँजा १३ किलो र अफिम जस्तो देखिने पदार्थ ७१.८० ग्रामसहित पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।लम्सालका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गोढको घरमा पुगेर खानतलासी गर्दा गाँजा र अफिम बरामद गरेको हो ।
गाँजा र अफिमसहित पक्राउ परेका गोढलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू औषध कसूर मुद्धामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।


प्रतिक्रिया