वीरगन्ज :

भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभा नजिक बम विस्फोट

श्रेणी : समाचार

3 years
birgunj report
31Views
0 Shares

काठमाडौं । भोजपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ ।

बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको हो ।

विस्फोटमा परी भोजपुर चरंविका सुमन श्रेष्ठ घाइते भएका छन् । प्रहरीका अनुसार बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ ।

बम विस्फोट हुने बेला प्रचण्ड सभामा सहभागी भने थिएनन् । उनी मोरङ र खोटाङको चुनावी सभामा सहभागी भएर भोजपुर जाने तय भएको थियो । त्यसअघि नै बम विस्फोट भएको हो । माओवादी नेता दावा लामा शेर्पाले कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको तर कुनै पनि मानवीय क्षति नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *