वीरगन्ज :

भैरहवामा शान्ति सद्भाव र्‍याली

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.6kViews
1995 Shares

बुटवल,२७ भदौ । रुपन्देहीको भैरहवामा विभिन्न संघ–संस्था र स्थानीय सरोकारवालाको सहभागितामा शान्ति सद्भाव र्‍याली निकालिएको छ। जेनजी आन्दोलनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउन नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म र्‍याली गरिएको हो।

र्‍यालीमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपाल भन्सार एजेन्ट संघ, होटल व्यवसायी संघ, प्रेस क्लब, यातायात तथा अन्य सामाजिक संस्थाहरूको सक्रिय उपस्थिति थियो।

र्‍यालीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले रुपन्देहीमा कर्फ्यू हटाइएको र निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै जनजीवन सामान्यतर्फ फर्काइने बताए। उनले आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्नको फोटो तथा भिडियो संकलन भइरहेको भन्दै दोषीलाई प्रमाणका आधारमा कारबाही गरिने स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवाका जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिए। जेनजी युवा सागर ज्ञवालीले आन्दोलनमा घुसपैठका कारण क्षति भएको उल्लेख गरे भने प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जनजीवनलाई सहज बनाउन शान्ति सुरक्षाको प्रत्याभूति दिन आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *