जनकपुर,०५ फागुन । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको मधेस केन्द्रित दलहरूले तीव्र विरोध गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यस अध्यादेशले सार्वजनिक जग्गा, वन, नदी किनार तथा अन्य संरक्षित क्षेत्र व्यक्तिविशेषलाई बाँड्ने बाटो खोल्ने भन्दै आपत्ति जनाएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ सहअध्यक्ष सर्वेनाथ शुक्लले भूमिहीन भन्दा भू-माफियालाई फाइदा पुग्ने गरी अध्यादेश ल्याइएको आरोप लगाए। उनले वन फडानी तथा सार्वजनिक सम्पत्तिको कब्जालाई वैधता दिने खतरनाक प्रवृत्ति जन्मिन सक्ने चेतावनी दिए।
जनमत पार्टीका केन्द्रीय सचिव विश्वेश्वरप्रसाद साहले अध्यादेशमा त्रुटि रहेको भन्दै संशोधन आवश्यक रहेको बताए। उनले भूमिहीन मधेसी समुदायलाई प्राथमिकतामा राखेर मात्र जग्गा वितरण गर्नुपर्ने धारणा राखे।
यस अध्यादेशले तराई–मधेस क्षेत्रमा पर्यावरणीय असन्तुलन निम्त्याउने, वन विनाश गर्ने र भूमिहीन समुदायलाई बञ्चित गराउने भन्दै विभिन्न दलहरूले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया