श्रेणी : BANNER
      2.3kViews
      
      
      1637
      Shares
      
      
बीरगन्ज,२३ पुस । आज विहान ६:५१ बजे बीरगन्ज र काठमाडौँसहित आसपासका क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। भूकम्पको कारण स्थानीयवासी आत्तिँदै घर बाहिर सडकमा निस्किएका छन्।
काठमाडौँ उपत्यकामा झट्का विशेष रूपमा २५ देखि ३० सेकेण्डसम्म महसुस गरिएको छ। भूकम्पको धक्का जनकपुरलगायत अन्य स्थानमा पनि महशुस भएको छ। बीरगन्जका नागरिकले पनि केही समयसम्मको कम्पन अनुभव गरेका छन्।
भूकम्पको केन्द्रविन्दु र क्षतिको विस्तृत विवरण भने अहिलेसम्म उपलब्ध भएको छैन। क्षति भएको वा अन्य अप्रिय घटना घटेको विषयमा थप जानकारीको प्रतीक्षा गरिएको छ।
स्थानीय प्रशासनले नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया