वीरगन्ज :

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेशमा चिनद्धारा रोक

श्रेणी : अन्तर्राष्ट्रिय

3 months
Pradeep Sah
1.5kViews
1945 Shares

एजेन्सी, २३ पुस । मंगलबार बिहान तिब्बत स्वायत्त क्षेत्रको डिङ्ग्री जिल्लामा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा सगरमाथा(चिनियाँ भाषामा चोमोलोङ्‍मा) दृश्यावलोकन क्षेत्रलाई अस्थायी रूपमा बन्द गरिएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार भूकम्पमा पर्यटक र कर्मचारी सबै सुरक्षित रहेका छन् । यद्दपि, नेपालको भूकम्प मापन केन्द्रले भने तिब्बत केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

डिङ्ग्री विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आधार शिविर रहेको क्षेत्र हो । चीनको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयका अनुसार, भूकम्पका कारण ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएका छन् ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार, भूकम्पपछि होटल भवनहरू र आसपासका क्षेत्र तथा पर्यटक तथा कर्मचारीहरू सबै सुरक्षित अवस्थामा रहेका छन्।

डिङ्ग्रीमा रहेको चिनियाँ विज्ञान प्रतिष्ठानको वायुमण्डलीय तथा वातावरणीय अनुसन्धान केन्द्र (चोमोलोङ्‍मा स्टेसन) मा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

चीन-नेपाल सिमानामा अवस्थित सगरमाथाको उचाइ ८,८४८.८६ मिटर छ । जसको उत्तरी भाग तिब्बत स्वायत्त क्षेत्रमा पर्छ ।

चिनियाँ मौसम पूर्वानुमानअनुसार, डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्य डिग्रीसम्म रहनेछ।

सन् २०२४ मा सगरमाथाको चिनियाँ क्षेत्रमा १३ हजार ७६४ विदेशी पर्यटक पुगेका थिए जुन सन् २०२३ को तुलनामा दोब्बर हो । चीनले भिसा नीतिमा गरेको सहजतापछि अन्तर्राष्ट्रिय पर्यटनको उल्लेखनीय वृद्धिको संकेत भएको सिन्ह्वाले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार सिंगापुर, मलेसिया, जर्मनी र फ्रान्सबाट यो क्षेत्रमा पर्यटक बढी आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *