वीरगन्ज :

भूकम्पका कारण त्रिविको स्नातक परीक्षा १५ मिनेट थपियो

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.1kViews
1759 Shares

काठमाडौं,२३ पुस । मंगलबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातक तह प्रथम वर्षको परीक्षा भूकम्पका कारण केही समय प्रभावित भएपछि परीक्षा समय १५ मिनेट थप गरिएको छ। बिहान ७ बजे सुरु हुने परीक्षा ठीक अघि ६:५० मा आएको भूकम्पका कारण यस्तो निर्णय गरिएको हो।

त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालका अनुसार सबै परीक्षा केन्द्रमा १५ मिनेट समय थप गर्न निर्देशन दिइएको छ। “परीक्षा सहजताका लागि समय थप गरेका छौँ,” उनले भने।

भूकम्पको धक्का नेपाल–चीन सीमाक्षेत्रमा महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको र यसको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गे काउन्टीमा रहेको छ।

यद्यपि, भूकम्पले केहीबेर मात्र असर पारेपछि अहिले परीक्षा नियमित रूपमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *