
श्रेणी : मधेस
पर्सा,०३ जेठ । शुक्रवार साँझ आएको भीषण हावाहुरीले पर्साको ग्रामीण भेगमा ठूलो भौतिक क्षति पुर्याएको छ। तीव्र गतिमा आएको हावाहुरी र वर्षाका कारण जिराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोलामा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ।
स्थानीय दुर्गा चौधरीको घरसँगै रहेको विशाल पिपलको रुख ढल्दा उनको टायलको छाना भएको कच्ची घर भत्किएको हो।
प्रहरीका अनुसार घरभित्र रहेका लताकपडा, धान, गहुँ र पशुचौपायासमेत गरी करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यसैगरी, ठोरी गाउँपालिका वडा नम्बर ५ को गडुवालाइनमा पनि हावाहुरीले एक घरको टिनको छाना उडाएको छ।
स्थानीय नारायण बस्नेतको घरको छाना उडाएको स्थानीय बासिन्दाले बताएका छन्। हावाहुरीका कारण अन्य क्षेत्रमा पनि क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया