वीरगन्ज :

भिस्वाबाट देवी बसमा लागु औषध बरामद, दुई जना पक्राउ

भिस्वाबाट देवी बसमा लागु औषध बरामद, दुई जना पक्राउ

श्रेणी : BANNER

2 years
Pradeep Sah
34Views
0 Shares

वीरगंज । प्रहरीले भिस्वाबाट काठमाडाैं चल्ने देवी बसबाट लागु औषध बरामद गरेकाे छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाेखरिया मातहतकाे प्रहरी चाैकी भिष्वाबाट खटिएकाे प्रहरी सहायक निरिक्षक बिन्देश्वर यादवसहितकाे प्रहरी टोलीले बसबाट लागु औषध बरामद गर्नुकाे साथै दुई जनालाई पक्राउ समेत गरेकाे हाे ।

पक्राउ पर्नेमा बसेका सहचालक पर्साकाे धोबिनी गाउँपालिका वडा नं. ४ लंगडी निवासी ४५ बर्षिय नुरेश मियाँ तेली र बस चालक दोलखाकाे भिमेश्वर नगरपालिका वडा नं.८ निवासी ४२ बर्षिय दुर्गा राज खत्री रहेका छन् । 

पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.५ भिष्वास्थित ब्रम्हस्थान नजिक खाली जग्गामा पार्किङ गरि राखेको बागमती प्रदेश ०३-००१ ख. १८१० नम्बरको यात्रु बाहक बसबाट लागु औषध बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

हेरचाहको लागि सोही बसमा भेटी‍एका बसका सहचालक नुरेशसंग उक्त बसको डिक्कीहरु खोल्न लगाई चेकजाँच गर्दा उक्त बसको पछाडी डिक्की भित्र प्लास्टिकको बाल्टिनमा राखीएको कपडाको झोला भित्र कागजले बेरिएको ८ वटा पोका रहेको मध्ये ३ वटा पोकामा लागू औषध बरामद भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

प्रहरीका अनुसार ३ वटा पाेकामा नुफिनको एम्पुल ५०० पिस, लागू औषध फेनारगनको एम्पुल ५०० पिस र २ वटा पोकामा लागू औषध डाइजेपामको एम्पुल ५०० पिस गरी जम्मा १५०० पिस लागू औषधको एम्पुलहरु फेला परेको हाे ।

त्यसपछि उक्तकाे बसको सह चालकलाई पक्राउ गरी उल्लेखित नम्बरको बस चालकको नामथर वतन समेत सोधपुछ गर्दा जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.८ बस्ने दुर्गा राज खत्री बताएकोमा उक्त लागू औषध बरामद गरी निजलाई सँगसाथमा लिई बस चालक दुर्गा राज खत्रीलाई समेत खोजतलास गर्दै जाँदा निजको आफ्नै डेरा कोठाबाट निजलाई फेला पारी पक्राउ गरीएकाे प्रहरीकाे भनाई छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *