वीरगन्ज :

‘भाषण होइन, परिणाम चाहिन्छ’— पर्सागढीमा रिमा यादवको स्पष्ट सन्देश

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.8kViews
1424 Shares

पर्सा— नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने झावराहा बस्तीमा सघन घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरेकी छन्।
घरदैलोका क्रममा यादवले स्थानीय समस्या, विकासका अवरोध र जनताको प्राथमिकताबारे प्रत्यक्ष जानकारी लिँदै एमालेको नीति, कार्यक्रम र आगामी कार्ययोजनाबारे स्पष्ट धारणा प्रस्तुत गरिन्।
स्थानीयवासीसँगको भेटघाटमा उनले विगतमा भएका कमजोरी स्वीकार गर्दै अबको आवश्यकता स्थिर सरकार, पारदर्शी नेतृत्व र परिणाममुखी विकास रहेको उल्लेख गरिन्। “राजनीति भाषणका लागि होइन, जनताको जीवनस्तर परिवर्तनका लागि हुनुपर्छ,” भन्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई आफ्नो मुख्य प्राथमिकता हुने स्पष्ट पारिन्।
घरदैलो अभियानमा सहभागी नागरिकहरूले खानेपानी, सडक, सिँचाइ, बेरोजगारी र युवाको पलायनजस्ता गम्भीर मुद्दा उठाएका थिए। ती समस्यालाई सम्बोधन गर्न संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर काम गर्ने प्रतिबद्धता यादवले व्यक्त गरिन्।


स्थानीय स्तरमा महिला, दलित र पिछडिएका समुदायको सहभागिता उल्लेख्य देखिएको यो अभियानले एमालेप्रति बढ्दो जनविश्वास र सकारात्मक माहोल सिर्जना गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
एमाले नेतृत्वले अघि सारेको राजनीतिक स्थायित्व र विकासको एजेन्डा पर्सा क्षेत्र नम्बर २ मा प्रभावकारी ढंगले स्थापित हुँदै गएको संकेत यो अभियानले दिएको छ।
यादवले अन्त्यमा मतदातालाई आग्रह गर्दै भनिन्, “अब प्रयोग होइन, परिणाम दिने नेतृत्व रोज्नुस्। पर्साको समृद्धिका लागि तपाईंको एक मत निर्णायक हुनेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *