वीरगन्ज :

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता

श्रेणी : BANNER

2 years
birgunj report
27Views
0 Shares

काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। शनिबार साँझ प्रधानमन्त्री नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् ।

गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र एक्ला एक्लै पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए। प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ बिदाई गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *