वीरगन्ज :

भारत–नेपाल सीमामा एसएसबीको गोली प्रहार, एक जना घाइते

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.7kViews
1720 Shares

जनकपुर,०७ साउन । भारत–नेपाल सीमामा भारतीय सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा एक भारतीय व्यापारी घाइते भएका छन्।

घटना धनुषाको सीमावर्ती भारतको मैनाथपुर बोर्डर क्षेत्रमा भएको हो। भारतीय व्यापारीले रासायनिक मल नेपालतर्फ ल्याउने क्रममा भारतीय एसएसबीसँग विवाद भएपछि एसएसबीले ४ राउण्ड गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गोली लागेर भारतीय व्यापारी भर्ता पासवान घाइते भएका छन्। उनको दाहिने कम्मरमा दुईवटा गोली लागेको जनाइएको छ। भारतीय व्यापारी लामोहन पासवानसँग विवाद भएको र त्यसपछि परिस्थितिलाई नियन्त्रणमा लिन एसएसबीले गोली चलाएको बताइएको छ।

घटनापछि धनुषाको विदेह नगरपालिका–१ को मैनाथपुर सिमाना र भारततर्फको बोर्डर सुरक्षाका कारण बन्द गरिएको सशस्त्र प्रहरी बल मधेस प्रदेशका बाहिनीपति कृष्ण ढकालले जानकारी दिनुभयो।

साथै, अहिले सीमाबाट नेपाल–भारतबीच हुने सर्वसाधारणको आवत–जावतमा समेत रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *